८ कार्तिक २०८३, आइतबार

सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गर्‍यो: रवि लामिछाने (भिडिओ)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले झुक्काएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भएपनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका हुन् ।

उनले जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको समेत बताए । लामिछानेले देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै कुनै पनि गलत काम गर्नेहरुप्रति कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

यसअघि बारुदबाट परिवर्तनको प्रयास भएको र अव रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनको भनाइ छ । त्यस्तै उनले नेपाल सम्वतलाई पार्टीको आन्तरिक माइन्युटमा लेख्ने प्रस्ताव आउने बैठकमा लिएर जाने घोषणा गरे ।