
काठमाडौं, २५ कात्तिक । कृषि विकास बैंकले जाजरकोट, रुकुम-पश्चिम र वरपरका जिल्लाका भूकम्पपीडितहरूको सहायताका लागि पचास लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५० लाख रूपैयाँ सहयोग रकम प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे । रकम हस्तान्तरण कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो । उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरिएको छ ।
जाजरकोट जिल्ला, बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र पश्चिम-रुकुम जिल्लामा ठूलो मानवीय तथा जनधनको क्षति भएको छ ।
भूकम्प पीडितलाई विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेका छन्। कृषि विकास बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरूको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो।















प्रतिक्रिया