१ कार्तिक २०८३, आइतबार

गाजामा दैनिक चार घण्टा युद्वविराम

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । इजरेलले उत्तरी गाजाका केही क्षेत्रमा दैनिक चार घण्टा सैनिक विराम लागु गर्न लागेको संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जन कर्बीले बताएका छन्।

यद्यपि इजरेलका रक्षा मन्त्रीले ती खाली “स्थानीय र निश्चित क्षेत्रमा मात्र अपनाइने उपायहरू” भएकामा जोड दिएका छन्। र यसबाट “युद्धमा जारी भिडन्तमा फरक नपर्ने” पनि उनको भनाइ थियो।

राष्ट्रपति जो बाइडनले भनेका छन् लडाइँ भइरहेका स्थानबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निस्कनका लागि दुई पटक “मानवीय उद्धारको समय” निर्धारण गरिने छ।

बिहीवार गाजा सिटीस्थित दुई ठूला अस्पतालवरपर चर्को भिडन्त भएको बताइएको छ।