
काठमाडौं, २४ कात्तिक । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहमाथिको कारबाही बदर गरेको छ ।
नेकपा एमालेको सिफारिमास निर्वाचन आयोगले गरेको कारबाही सर्वोच्चले बदर गर्दै पदमा पुर्नबहाली गर्न अन्तरिम आदेश दिएको हो ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले निर्वाचन आयोगले गरेको कारबाही बदर गर्दै पुर्नबहाली गर्न आदेश दिएको हो । अदालतले निर्वाचन आयोगलाई १५ दिनभित्र यस सम्बन्धमा लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ ।
साह २०७९ वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई रौतहटको मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी थिइन्। उनी एमाले छाडेर प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी प्रवेश गरेपछि एमालेले कारबाही गरेको थियो ।















प्रतिक्रिया