३० आश्विन २०८३, शुक्रबार

नेपाली फुटबल टोलीको बिदाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको खेल्नका लागि यूएई जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा पदाधिकारीहरूले नेपाली टोलीलाई बिदाई गरेका हुन् । दोस्रो चरण अन्तर्गत नेपालले यमन र यूएईसंग प्रतिष्पर्धा गर्नेछ ।

नेपालले कार्तिक ३० गते यूएईसँग उसैको मैदानमा खेल्नेछ । बिदाई कार्यक्रममा नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले यूएई नेपालका लागि बलियो प्रतिद्धन्दी रहेको र नेपालले पनि निकै राम्रो तयारी गरेको बताए । उनले उपलव्ध स्रोत साधनका बाबजुत भएको तयारीमा आफू सन्तुष्ट रहेको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय फुटबल टीमका फरवार्ड अन्जन विष्टले बाहिर धेरै खेल्न पाए टीमलाई सजिलो भएपनि बाहिर धेरै खेल खेल्न नपाएको बताए । विश्वकप छनोटमा राम्रो खेल खेल्नका लागि टीम तयारी अवस्थामा रहेको उनले बताए ।

यूएईसंगको खेलपछि नेपालले मंसिर ५ गते काठमाडौंको दशरथ रंगशालामा यमनसंग दाश्रो खेल खेल्नेछ । यसअघि नेपालले प्रारम्भिक चरणमा लाओसलाई दुई लेगको खेलमा समग्र २–१ ले पराजित गर्दै विश्वकप छनौटको दोस्रो चरणमा स्थान बनाएको हो ।