
काठमाडौं, २४ कात्तिक। आइएमई पे र नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टबिच एक समझदारी भएको छ । जसअनुसार यही नोभेम्बर २४ देखि हुने ‘नेपाल सुपर लिग २०२३’ का लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने भएको छ ।
नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए । यो साझेदारीले लिगको बृद्धि र पहुँचमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
नेपाल सुपर लिग (एनएसएल) नेपालको प्रमुख खेलहरू मध्ये एक हो जसमा बहुसंख्यक खेल प्रेमिहरुको चासो रहेको छ। जसमा डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पेको विश्वास छ।
यस्तै, नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमइ पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए।















प्रतिक्रिया