
काठमाडौं, २४ कात्तिक । सिटिजन्स् बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच सम्झौता भएको छ ।
बैंक र दराजबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागु हुनेछ ।
सिटिजन्स बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम दुईहजार सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा २०% वा अधिकतम २,५०० सम्मको छुट प्राप्तगर्न सक्नेछन् ।















प्रतिक्रिया