२ कार्तिक २०८३, सोमबार

ग्लोबल आइएमई बैंकका ग्राहकहरूले डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस बर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएको छ ।

बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरुले नेपालभरका पस (POS) मेसिनमा एक हजार वा सो भन्दा बढिको कम्तीमा ३ वटा कारोबार गर्दा ३०० अथवा ५ वटा कारोबारमा ५०० क्यासब्याक पाउने पक्का भएको हो ।

पस (POS) मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको बैंकले जनाएको छ ।

यसैगरी बैंकको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरुले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड तिहार लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक क्यासब्याक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।