३ कार्तिक २०८३, मंगलबार

जन्ममिति कीर्ते प्रकरण: उपरथी पाण्डेले दिए राजीनामा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । जन्ममिति कीर्ते प्रकरणमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।

बढुवा हुने क्रममा रहेका पाण्डेको जन्ममिति विवादित देखिएपछि उनले राजीनामा दिएका हुन् । नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिन समेत सुरू भएको थियो। उनी प्रधानसेनापती बन्ने क्रममा दिए ।

प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापति बन्नेवाला दिए । पाण्डेले फरक फरक जन्ममिति जन्ममिति २०२१ र २०२३ साल देखिएको छ ।

एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ। तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको छ ।