८ कार्तिक २०८३, आइतबार

पटाका पड्काए, बिक्री वितरण गरे कारबाही हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपाल प्रहरीले तिहारमा पटाका, आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग र बिक्री वितरण गरेको पाइए कारबाही गर्ने जनाएको छ ।

प्रहरीले सूचना जारी गर्दै विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रहरीले कारबाही गर्ने चेतावनी दिएको हो ।

विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रहरीले जानकारी दिएको छ ।