३ कार्तिक २०८३, मंगलबार

जाजरकोट भूकम्प : घाइते एक जनाको उपचारका क्रममा मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २४ कात्तिक । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भएको हो । यससँगै जाजरकोट र रुकुम पश्चिम भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५४ पुगेको छ ।