८ कार्तिक २०८३, आइतबार

मुगुमा सामूहिक हत्या प्रकरण: हत्यारा पक्राउ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । मुगुमा एकै परिवारका चार जनाको हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाको १३ दिनपछि हत्यारालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु छायानाथ रारा नगरपालिका घर भई हाल कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही रहेका छन् । उनी मृतकका आफन्त नै पर्छन ।

हत्याको कारणबारे खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको बताइएको छ ।

गत कात्तिक १० गते छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको घरमै हत्या भएको थियो ।