
काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता नेता तथा पार्टी स्थायी कमिटी सदस्य यामलाल कंडेलले राहत वितरणमा सरकारमा रहेकाहरूले रवाफ र प्रभाव देखाएको बताएका छन्।
जाजरकोट जिल्लामा भूकम्पले पुर्याएको क्षतिको निरीक्षण गर्न जाजरकोट पुग्नुभएका नेता कंडेलले सत्तापक्षले राहत वितरणमा प्रभाव देखाउँदै मनोमानी गरेकोमा उनले आपत्ति जनाएका हुन्।
राहत वितरणमा राजनीति गर्न नहुने उनको भनाइ छ । उद्दारको काम सकिएसँगै अब पार्टीका सम्पूर्ण पङ्क्ति राहत र पुनर्निर्माणमा जुट्नु पर्ने उनले बताए।
सचिवालय बैठकले गरेको निर्णयलाई सफल बनाउन एक हजार स्वयमसेवक परिचालन गर्न ठेस योजना बनाएर लाग्न जिल्ला कार्यसमिति जाजरकोटलाई उहाँले निर्देशन समेत दिए ।















प्रतिक्रिया