८ कार्तिक २०८३, आइतबार

जनयुद्धको मर्मलाई कसैले दबाउन सक्दैन: प्रधानमन्त्री प्रचण्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दबाउन नसक्ने बताएका हुन् ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपाल निर्माणको प्रक्रिया नेपाली इतिहासको ऐतिहासिक परिघटना भएकाले पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएको स्पष्ट पारे ।

प्रचण्डले तत्कालीन अवस्थामा संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको राजनीतिक अवस्थामा बारेमा भ्रमण छर्ने राजा–महाराजाको सपनालाई आफूले एकलौटी तीन महिने युद्धविराम घोषणा गरेर रोकेको जिकिर गरे । त्यही युद्धविरामभित्र सात राजनीतिक दलहरूसँग वार्ता भएर १२ बुँदे सहमति भएको उनले बताए ।

प्रचण्डले पूर्वउपराष्ट्रपति पुनले लेखेको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको धारणा राखे ।