८ कार्तिक २०८३, आइतबार

उडुसको औषधी सेवन गरेर सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो दीपाशालाई

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । अभिनेत्री तथा मोडल दीपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छिन् ।

उनले बुधबार राति विष सेवन गरेकी थिइन् । उनलाई राति नै नर्भिक अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले बिहान मृत घोषित गरेको हो । उनले उडुसको औधषी खाएकी थिइन् । उनलाई सिकिस्त अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

निकटस्थका अनुसार उनी केही समयदेखि आर्थिक समस्यामा दिइन् । उनले मिटर ब्याजमा ऋण लिएको र तिर्न नसकेको बताइएको छ ।

दीपाशाले केही दिन यता सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गर्दै आएकी थिइन् ।

दीपाशा म्यूजिक भिडिओमा पनि सक्रिय दिइन् । यस्तै उनले काठमाडौं मलमा आफ्नै ब्यूटि पार्लरसमेत सञ्चालन गर्दै आएकी थिइन् ।