३० आश्विन २०८३, शुक्रबार

एन्फाको विशेष साधारण सभा आज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज बिहीबार हेटौंडामा हुँदैछ ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा बिहान ८ बजेबाट सुरु हुने विशेष साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने बताइएको छ ।

एन्फा केन्द्रीय समिति सदस्य एवं एन्फा मकवानपुर जिल्ला अध्यक्ष टीकाराम लामाका अनुसार साधारण सभा अघि आजै एन्फाको केन्द्रीय समितिको बैठक बस्नेछ ।

साधारण सभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिलगायत देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिको सहभागिता रहने एन्फाले जनाएको छ ।