
काठमाडौं, २२ कात्तिक । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले नेकपा एमालेसँग एक्लै लड्न नसक्ने भएपछि काँग्रेस, माओवादीसहित पाँच दल मिलेर गठबन्धन बनाएको बताएका छन् ।
गठबन्धन काँग्रेस, माओवादीको चाहनाले मात्रै नबनेको स्पष्ट पार्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको आडमा एमालेसँग लड्न गठबन्धन बनेको बताएका हुन् ।
वर्तमान गठबन्धन सरकारले के दिने ? कस्तो सन्देश दिने ? चुनौतीहरूलाई कसरी सम्बोधन गर्ने ? भन्दा पनि प्रधानमन्त्रीको पालो कहिले आउँछ भन्नेमा केन्द्रीत भएको उनले टिप्पणी गरे ।
प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीको पद प्यारो रहेको र शेरबहादुर साथै माधव नेपाल कहिले पालो आउला भनेर कुरेर बसेका उनको धारणा छ । काँग्रेस एमाले वा गठबन्धन एमालेबीचमा नयाँ गठबन्धन भएर अगाडि जाने भन्ने कुरा सत्य नभएको पनि उनले स्पष्ट पारे ।
अर्को प्रशंगमा उनले तत्कालीन राजालाई शिरमा राखेर विभिन्न सडकमा ताण्डव गर्नेहरू परिवर्तन उल्टाउन लागि परेका बताए ।















प्रतिक्रिया