
पोखरा, २२ कात्तिक। पर्यटकीय शहर पोखरास्थित लेक साइड चौबिसै घण्टा खुला रहने भएको छ ।
उच्च अदालत पोखराले व्यवसायीको पक्षमा फैसला सुनाउँदै चौबिसै घण्टा खुला राख्न दिन आदेश दिएको हो ।
यसअघि प्रहरीले लेक साइडमा पनि समय निर्धारण गरेपछि व्यवसायी अदालत पुगेका थिए । व्यवसायी देवीकुमारी बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट हालेकी थिइन् ।
















प्रतिक्रिया