८ कार्तिक २०८३, आइतबार

उपल्लो मुस्ताङबाट नेपाली मूलका ६ जना भारतीय नागरिक पक्राउ

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक प्रहरीले उपल्लो मुस्ताङबाट ६ जना नेपाली मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिना अनुमति मुस्ताङ पुगेको पाइएपछि उनीहरूलाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङ रहेका छन् । उनीहरूलाई पक्राउ गरेर प्रहरीले पोखरा ल्याएको छ ।

थप प्रक्रियाका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।