२ कार्तिक २०८३, सोमबार

काबुलमा यात्रुवाहक बसलाई लक्षित गरी विस्फोट, सात जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, २२ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बसलाई लक्षित गरी भएको विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दश्त–ए–बार्ची क्षेत्रमा विस्फोट भएको बताएका छन् ।

जादरानले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेखेका छन्, “काबुलको दश्त–ए–बार्ची क्षेत्रमा सर्वसाधारण यात्रु बोकेको बसमा विस्फोट भएको छ, दुर्भाग्यवश हाम्रा सात जना देशवासी शहीद भएका छन् र अन्य २० जना घाइते भएका छन् ।

सुरक्षाकर्मी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको उनले बताए ।

सन् २०२१ को अगष्टमा तालिबानले अमेरिका समर्थित सरकारलाई सत्ताच्युत गरेपछि तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि, आइएसको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरू अझै पनि खतरामा छन् । गत अक्टोबरको अन्त्यतिर इस्लामिक स्टेट समूहले सोही क्षेत्रमा रहेको एक स्पोर्ट्स क्लबमा भएको विस्फोटको जिम्मेवारी लिएको थियो । उक्त विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको तालिवान अधिकारीहरूले बताएका थिए । सिन्ह्वा