
काठमाडौं, २२ कात्तिक । अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो ।
मुम्बइको वानखडे स्टेडियममा जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो ।
ग्लेन म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नुअघि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय अवस्थामा थियो ।
विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेल्दै म्याक्सवेलले कुल १ सय २८ बलको सामना गर्दै २१ चौका र १० छक्का प्रहार गरेका थिए । उनले कमिन्ससँग मिलेर आठौँ विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए ।
यससगैँ भारत र दक्षिण अफ्रिकासँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब सेमिफाइनल स्थानका लागि न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानबीचमा प्रतिस्पर्धा हुने छ ।















प्रतिक्रिया