८ कार्तिक २०८३, आइतबार

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।

वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल व्यवस्थापकको रूपमा स्थापित पोखरेल यसअघि आइएमई समूहको वरिष्ठ उपाध्यक्षको भूमिकामा काम गरिसकेका छन् ।

नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रही उक्त कम्पनीलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले नेपालको सबैभन्दा ठुलो बैङ्कमा पुन: आबद्ध भई काम गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो भूमिका रहने बताए ।