८ कार्तिक २०८३, आइतबार

अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएका छन्: मन्त्री महत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री महतले अहिले रेमिटेन्स वृद्धि भएको र पर्यटन व्यवसायमा उत्साह छाएको भन्दै अर्थतन्त्रको गतिलाई वृद्धि गर्ने आधारहरु सिर्जना भएको बताए ।

अर्थतन्त्रका नकारात्मक बिषयमा सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको उनको भनाइ थियो ।

महतले अहिलेको अवस्थामा निराश हुनुपर्ने अवस्था नरहेको र आत्मविश्वास जगाउनुपर्ने आवश्यकता रहेको जिकिर गरे । मन्त्री महतले विश्व बैंक, एडिबीसँग जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको भएको जानकारी दिए । त्यस्तै मन्त्री महतले नेपालको विकासमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए ।

नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।