
काठमाडौं, २१ कात्तिक । बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
१२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो नयाँ नभई पुरानै भूकम्पको धक्का भएको बताइएको छ ।
यसअघि गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ ।















प्रतिक्रिया