
काठमाडौं, २१ कात्तिक । विभिन्न कार्यक्रम गरी दोस्रो अन्तर्राष्ट्रिय कृत्रिम हातखुट्टा दिवस मनाइएको छ ।
विवसका अवसरमा कृत्रिम हातखुट्टा तथा सहायक सामग्री व्यवसायी संघ (आलाडा) ले काठमाडौंको नक्साल, नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा कृत्रिम हात खुट्टा भएकाहरूले पर्चा बेलुनमा राखेर आकाशमा उडाए । यस्ता कार्यक्रमहरूले विश्वभरका कृत्रिम हातखुट्टा प्रयोगकर्तालाई पनि हौसला मिल्ने संघका अध्यक्ष जेविन्द्र सिंहले बताए ।
कार्यक्रममा कृत्रिम हातखुट्टाको क्षेत्रमा काम गर्ने प्राविधिकको कमीबारे चर्चासमेत गरिएको थियो। आलाडाले बर्सेनि कृत्रिम हातखुट्टा दिवस मनाउने गरेको छ ।
















प्रतिक्रिया