
मकवानपुर, २१ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगर-११ को पुन्य क्षेत्र मन्दिर नजिकैको जंगलमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुरुषको पचिरय खुलेको छ ।
आज बिहान मृत फेला पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनाका ४२ वर्षीय यमबहादुर सुवेदी रहेका छन् ।
सुवेदी बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक (पीएसओ) रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।
शवलाई हेटौंडा अस्पताल ल्याइएको र थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।











प्रतिक्रिया