३ कार्तिक २०८३, मंगलबार

धनुषाका प्रहरी प्रमुख खड्काको जिम्मेवारी खोसियो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।

प्रहरी हेर्डक्वाटरले उनलाई जिम्मेवारीबाट हटाएर हेर्डक्वाटरमा तानेको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा खड्कालाई धनुषा प्रमुखबाट फिर्ता बोलाइएको हो।

आरती साह प्रकरणमा उनलाई जिम्मेवारी मुक्त गरिएको हो । गत जेठ ७ गते साह आफ्नै घरमा मृत भेटिएकी थिइन्। साहका माइती पक्षले आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहन लगायतले दाइजोको निहुँमा आरतीको हत्या गरेको आरोप लगाउँदै आन्दोलनरत रहेका छन् ।

आन्दोलनरत साहका आफन्तलाई गृहमन्त्री श्रेष्ठले वार्तामा डाकेका छन् ।