२७ कार्तिक २०८३, शुक्रबार

कांग्रेसद्वारा भूकम्प पीडितको राहतका लागि ५० लाख रुपैयाँको चेक हस्तान्तरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

मंगलबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा सहभागि थिए ।