२७ कार्तिक २०८३, शुक्रबार

टिकटक लाइभमा गोप्य अंग देखाउने शान्ति बराल माओवादीबाट निष्कासित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले विवादित टिकटकर शान्ति बराललाई कारबाही गरेको छ।

माओवादी केन्द्रको सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै उनीमाथि अनुशासनको कारबाही गरेको जनाएको छ ।

टिकटक लाइभमा गोप्य अंग देखाएर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको हो ।

बरालले पार्टीको सांगठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक–सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनी माओवादी केन्द्रको सैनामैना नगर समिति सदस्य थिइन् ।