
काठमाडौं, २० कात्तिक । गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले सयौँको ज्यान लियो ।
अहिले जाजरकोटवासी र रूकुम पश्चिमका जनता शोकमा छन् । उनीहरूको शोकलाई शक्तिमा बदल्न राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट सहयोग प्राप्त भइरहेका छन् । यसैबीच भूकम्प गएलगत्तै काठमाडौंमा रहेका एमाले केन्द्रीय सदस्य निरज आचार्य जाजरकोट पुगेर निरन्तर सहयोगमा जुटेका छन् ।
पीडितहरूको पीडामा मल्हम लगाउन उनी निरन्तर खटिइरहेका छन् । चिकित्सक सहितको टोलीले भुकम्पमा ज्यान गुमाएका मृतकका परिवार र अन्य पीडितहरुलाई राहत प्रदान गर्दै मनोपरामर्श समेत दिन सुरू गरेको आचार्यले बताए ।
नेता आचार्यको टोलीमा काठमाडौंबाट गएका चिकित्क सहित एमाले जाजरकोटका नेताहरु नवराज सिंह, धर्मबहादुर शाही, रिता रावल, धनबहादुर रावल, हेमन्त बुढा, सुनिता बोहोरा, दिनेश गौतम लगायतका नेताहरु संलग्न छन् ।
















प्रतिक्रिया