८ कार्तिक २०८३, आइतबार

दुर्गम र गरिब भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न निर्देशन दिएको छु: प्रधानमन्त्री

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरिब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएको बताएका छन् ।

भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको एक प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले दुर्गम र गरिब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएको बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले आफूलाई उर्जा मिलेको बताउँदै प्रधानमन्त्रीले रास्वपाले उठाएका सुझाबहरु प्राय: मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गराएको जानकारी दिए । उनले भने, ‘अहिले तपाईहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैंमा पनि सरकारलाई एउटा नयाँ उर्जा मिलेको महसुश भएको छ ।’

उनले पीडित समक्ष सही समय र ठीक ढंगले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा आफूहरु सचेत रहेको बताए ।

उनले भने, ‘विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितहरुको राहत र उद्दारमा लाग्ने छौं ।’ त्यसको लागि कानूनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले पीडितहरुको राहत र पुनर्स्थापनालाई मोडेलको रुपमा अगाडि बढाउनेमा आफूहरु रहेको पनि बताए । उनले भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा रहन ७७ जिल्लामै एउटा संरचना खडा गर्ने निर्णय गरिएको उल्लेख गरे ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य तथा उपसभापति डोर प्रसाद अर्यालले सडक पहुँच नभएकोलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए । त्यसैगरी अर्यालले ६ बुँदे सुझाबहरु पेश गर्दै प्राप्त विवरण ठीक ठाउँमा पुगे नपुगेको अनुगमन गर्न, चिसोको बेला विशेष ध्यान दिन र राहत र पुनस्र्थापनाका लागि कानूनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।