
काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम जाने भएका छन् ।
आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।
मन्त्रिपरिषदको गत कात्तिक १६ गतेको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो भने जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । नेपाल र नेपाली जनताको निम्ती अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित भ्रमण स्थगित गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।















प्रतिक्रिया