
काठमाडौं, २० कात्तिक । साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई बिक्रीका लागि दश बोरा चिनी दिने भएको छ ।
बजारमा चिनीको अभाव सृजना गरिएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो।
चिनी पाउन व्यवसायीले व्यवसाय दर्ताको प्रमाणपत्र र पान बुझाउनुपर्नेछ। व्यापारीले चिनी प्रतिकिलो ११५ रुपैयाँमा बेच्नुपर्नेछ ।
यस्तै, सरकारले चिनीको खोजतलासका लागि उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरेको छ ।















प्रतिक्रिया