१ कार्तिक २०८३, आइतबार

छोरीलाई ‘बन्धक’ बनाउने उडान सेवा अवरोधकर्ताद्वारा प्रहरीसँग आत्मसमर्पण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्याम्बर्ग, २० कात्तिक । आफ्नो चार वर्षीया छोरीलाई ‘बन्धक’ बनाएर ह्याम्बर्ग विमानस्थलमा उडान स्थगन गर्ने एक सशस्त्र बुबाले घन्टौंको वार्तापछि आइतबार ‘बिना कुनै प्रतिरोध’ आत्मसमर्पण गरेको जर्मन प्रहरीले जनाएको छ ।

पौतीस वर्षीय ती व्यक्तिले शनिबार साँझ टर्किस एयरलाइन्सको विमानको आडमा आफू र आफ्नो कारमा रहेकी छोरीलाई जहाजमा राखेर घर लान पाउने माग गरेका थिए । बच्चालाई आमासँग हिरासतमा राख्नेबारे विवाद भएपछि जहाजमा चढ्न दिन माग गर्दै अवरोध गरेका थिए ।

प्रहरीका अनुसार उनले आफ्नो कारसुरक्षा क्षेत्र हुँदै विमान पार्किङ गरिएको एप्रोनमा ठोक्काएर दुई राउण्ड हवाई फायर गरेका थिए भने दुई वटा जलेका बोतल गाडीबाट बाहिर फ्याँकेका थिए ।

स्थानीय प्रहरीले आइतबार दिउँसो एक्स (ट्वीटर) मा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ, “बन्धक विवाद सकिएको छ ।”

“ती व्यक्तिले आफ्नी छोरीसहित आफ्नो कार छोडेका छन् र सुरक्षा बलले बिना कुनै प्रतिरोध सोधपुछका लागि लगेका छन्”, विज्ञप्तिमा भनिएको छ, “बच्चाको स्वास्थ्य राम्रो देखिन्छ ।”

प्रहरीले उत्तरी जर्मनीको विमानस्थलमा मनोवैज्ञानिक, वार्ताकारको टोली का साथै र्‍यापिड रेस्पोन्स युनिटहरू पनि ल्याएको थियो ।

अधिकारीहरुका अनुसार बच्चाको हिरासतको विषयमा भएको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ र चालककी श्रीमतीले आपतकालिन फोन गरेर आफ्नो बच्चाको अपहरणबारे प्रहरीलाई सचेत गराएकी थिइन् । एएफपी