८ कार्तिक २०८३, आइतबार

भूकम्प पीडितलाई सीबीफीनको १० लाख सहयोग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प पीडितको खोेज, उद्धार तथा घाइतेको उपचारका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सीबीफीनले जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराएको हो।

‘भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनकोतर्फबाट तत्कालका लागि १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्दछौं,’ सीबीफीनले भनेको छ।