८ कार्तिक २०८३, आइतबार

एनआईसी एशिया बैंकद्धारा जाजरकोटका भूकम्प प्रभावितका लागि ५१ लाख सहयोग घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । एनआईसी एशिया बैंकले जाजरकोटका भूकम्प प्रभावितहरुका लागि सहयोग गर्ने घोषणा गरेको छ।

बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

बैंकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।