
चितवन, १९ कात्तिक । प्रहरी नियन्त्रणमा रहेको थुनुवालाई छुटाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्तिलाई ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका १० बस्ने बर्ष ३२ को अशोक चौधरी रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काको कमान्डमा खटिएको प्रहरीको टोलीले प्रहरी कार्यालय नजीकै रहेको १०० मिटर दुरीबाट पक्राउ गरेको हो ।
उनलाई बिहीबार साँझ ६ बजेको समयमा बकुलहर चोकबाट पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । लागू औषध खैरो हिरोईन मुद्दामा संलग्न रहेको आरोपमा पक्राउ परेका निरन्जन ढकाललाई छुटाइदिने र त्यसको लागी प्रहरी तथा अधिवक्ता समेतलाई मिलाउनुपर्छ भनी चौधरीले पाँच लाख रुपैयाँ लिइएका थिए ।
पक्राउ परेका उनलाई उनी विरुद्ध थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया