८ कार्तिक २०८३, आइतबार

महासमिति बैठकको मिति दुई साता पछि सार्ने काँग्रेसको निर्णय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएकाले बैठक सारिएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दु:खद घटनाका रुपमा लिँदै प्रभावितलाई तत्काल उद्धार, राहतका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले राहत वितरणमा अनियमितता र पक्षपात हुन नदिन महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय गरेको छ । समितिले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजिकरण गर्ने विश्वकर्माले जानकारी दिए ।

बैठकले पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्न निर्णय गरेको छ ।