३ कार्तिक २०८३, मंगलबार

खुला आकाशमुनी भूकम्प पीडितको उपचार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, १९ कात्तिक । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि स्वास्थ्य सेवा खुल्ला आकाशमुनी बसेरै दिन थालिएकोे छ ।

दस शश्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनी बसेरै सेवा दिनुपरेको हो ।

गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवासमेत खुल्ला आकाशमुनी बसेरै दिनु परेको सिनियार अनमी कल्पना रोकायले बताइन् । भवनको कुनै ठाउँ पनि सक्लो नहुँदा काम गर्न मुस्किल भएपछि एम्बुलेन्स राख्न बनाइएको ठाउँमा आवश्यक उपकरण राखेर उपचार गर्नुपरेको उहाँको भनाइ थियो ।

अहिले पनि पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको सिनियार अनमी रोकायले जानकारी दिइन् । गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटर टाढाको दूरीमा रामीडाडा पर्दछ ।

अहिले भूकम्पबाट घाइते भएका सर्बसाधारण तथा अन्यलाई समेत सेवा दिन समस्या भएको उनले बताइन् । दस शश्याको नयाँ भवन निर्माण नभएको र पुरानै भवनबाट सेवा उपलब्ध गराउँदै आइएकामा अहिले भूकम्पले भवनमा क्षति पुर्‍याएकाले हैरानी खेप्नु परेको हो ।