१ कार्तिक २०८३, आइतबार

कालो पट्टी बाँधेर खेल्दै नेपाली टोली

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा हुन लागेको फाइनल खेलमा ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलमा नेपाली खेलाडीले हातमा कालो पट्टी बाँधेर खेल्ने छन् । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाएका नेपालीहरुको सम्झनामा नेपाली टोलीले कालो पट्टी बाँधेर खेल्न लागेका हुन् ।

खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।

यसैबीच, नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई स्थान दिइएको छ । ऐरी अभ्यासका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टामा चोट लागेको थियो । ऐरी यसअघि शुक्रबार युएईविरुद्धको सेमिफाइनल खेलमा खेलेका थिए ।

शुक्रबार भएको सेमिफाइन खेलमा नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाइएको थियो ।

फाइनलमा पुग्दै नेपाल र ओमान दुवै टोली सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भइसकेका छन् ।