
म्याग्दी, १९ कात्तिक । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलन स्थगित भएको छ ।
जाजरकोट भूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिइ । विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुँदासम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए । कांग्रेसको विधानअनुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुुने तयारी थियो ।











प्रतिक्रिया