२७ कार्तिक २०८३, शुक्रबार

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, १९ कात्तिक । डोटीको शिखर नगरपालिका-३ अण्यौलस्थित केआई सिंह राजमार्गमा बोलेरो जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

कैलालीको धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप आज बिहान २ बजेर २८ मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित १० जना सवार रहेका मध्ये ४ जनाको घटना स्थलमा मृत्यु भएको र ५ जना घाइतेहरुको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेको इलाका प्रहरी कार्यलय दिपायलले जानकारी दिएको छ ।

दुर्घटनामा बाजुराको हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनको ६ वर्षीय छोरा कविन्द्र बुढा, सोही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जिप चालक महेश बुढालाई नियन्त्रणमा लिएको छ ।