२७ कार्तिक २०८३, शुक्रबार

सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले भूकम्प पीडतलाई ३५ लाख सहयोग गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १९ कात्तिक । सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्प पीडितलाई ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले रु १० लाख सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका हुन् ।

प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मल्हम लगाउनुपर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए ।