८ कार्तिक २०८३, आइतबार

जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दु:ख व्यक्त

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।