
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितलाई राहत, पुन:स्थापना र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताएका छन् ।
नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितको उद्धार, राहत र पुन:स्थापनाका लागि सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैलाई अपिल गरे ।
प्रधानमन्त्रीले भविष्यमा हुन सक्ने प्राकृतिक प्रकोप प्रति सरकार सजक र आवश्यक तयारीमा रहेको जिकिर गरे ।
उनले उद्धारका साथै घाइतेको उपचारको कमी हुन नदिने प्रतिवद्वता व्यक्त गरे ।















प्रतिक्रिया