२७ कार्तिक २०८३, शुक्रबार

विरोधसभालाई श्रद्धाञ्जलीसभामा परिणत गर्ने राप्रपा नेपालको निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज , १८ कात्तिक । राप्रपा नेपालले नेपालगञ्जनामा आयोजना गर्न लागिएको विरोधसभालाई श्रद्धाञ्जलीसभामा परिणत गर्ने निर्णय गरेको छ ।

बाँके पार्टीद्धारा आयोजित विरोधसभालाई श्रद्धाञ्जलीसभामा परिणत गर्ने निर्णय गरिएको राप्रपा नेपालले जनाएको छ ।

गएराती जाजरकोटमा गएको भूकम्पका कारण धनजनको क्षति भएपछि कार्यक्रमको स्वरुप परिवर्तन गरिएको बताइएको छ ।

‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि जनआन्दोलनको तयारी गरौँ भन्ने नारासहित राप्रपा नेपाल बाँकेद्वारा आज नेपालगञ्जना आयोजित विरोधसभालाई श्रद्धाञ्जलीसभामा परिणत गर्ने पार्टीले निर्णय गरेको छ।’ सामाजिक सञ्जालमा लेख्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेका छन् ।