
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेका छन् ।
गए राति गएको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न आज बिहानै काठमाडौंबाट सेनाको हेलिकोप्टरमार्फत भूकम्पको केन्द्रविन्दु जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट भुकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम पुगेका हुन् ।
रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन् ।
उनले यसअघि जाजरकोटबाट गम्भिर रहेका ७ जना घाइतेलाई आफू सवार हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पुर्याएका थिए ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको छ ।











प्रतिक्रिया