२७ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष नेपालद्वारा उद्धार तथा राहत उपलब्ध गराउन आग्रह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख तथा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

घाइतेको उद्धारका साथै आवश्यक स्वास्थ्य उपचारको व्यवस्थापन गर्न सरकारसँग माग गर्दै विज्ञप्तिमा पीडितलाई पुनःस्थापना गरी आवश्यक आर्थिक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ ।