
काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले) ले पार्टीद्वारा आयोजना गरिएका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि एमालेले सम्पूर्ण शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारको काममा केन्द्रीत हुनुपर्ने भएकोले आजका दिन सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो ।
महासचिव पोखरेलले पार्टीद्वारा आयोजना गरिएका शुभकामना आदानप्रदान तथा चियापान लगायतका कार्यक्रमलाई स्थगित गरी राहत तथा उद्धारको काममा केन्द्रीत हुने नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।















प्रतिक्रिया