३० आश्विन २०८३, शुक्रबार

क्यानले भोलिको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त रकमको आधा भूकम्प पीडितलाई दिने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले भोलि आइतबार हुने नेपाल र ओमानबीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।

क्यानले शनिबार एक सूचना जारी गर्दै फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको ५० प्रतिशत भूकम्प पीडितलाई दिने घोषणा गरेको हो ।

गएराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कारण ठूलो जनधनको क्षति भएको छ ।

काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार नेपाल र ओमान भिड्दै छन् ।

नेपाल र ओमान दुवै सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप छनोट भइसकेका छन् ।

शुक्रबार नेपालले युएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको हो ।